Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अनुगमनकर्ता बनेर ठगी धन्दा, दोस्रो पटक अनुगमनमा जाँदा परे प्रहरी फन्दामा

    अनुगमनकर्ता बनेर ठगी धन्दा, दोस्रो पटक अनुगमनमा जाँदा परे प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा नक्कली बजार अनुगमनकर्ता बनेर ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

    बिहीबार भक्तपुर सूर्यविनायक नगरपालिका-७ का ५० वर्षीय वासुदेव न्यैपाने र ५२ वर्षीय रोशन पोखरेल पक्राउ परेका हुन् ।



    इलाका प्रहरी कार्यालय बनेपाका अनुसार माघ १२ गते बनेपा नगरपालिका-५ घसिला मार्गस्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भन्दै उनीहरूले पहिलोपटक ठगी गरेका थिए ।



    उनले बेकरी पसलमा गएर अनुगमनको लागि आएको भन्दै पसल सिल गरिदिने भनी डर देखाएर १० हजार रुपैयाँ ठगी गरेका थिए ।

    पुनः बुधबार उनीहरू पसल अनुगमन गर्न भन्दै अर्को बेकरीमा प्रवेश गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ठगी गरेको खुलेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार