Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्मचारी सञ्चय कोषले माग्यो नवौँदेखि पाँचौं तहसम्मका लागि ३० कर्मचारी [सूचनासहित]

काठमाडौं । कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो । कोषले विभिन्न पदमा ३० जना कर्मचारी मागेको छ ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एकरएक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्।

त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ। पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ ।

जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

अनलाइनमार्फत् आवेदन दिनुपर्ने कोषले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077