Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री श्रेष्ठले लिनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा बुझाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन् । सचिव भट्टराईले बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने बताए।

उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए ।

उनले वालकुमारी घटना इपियसमा परिक्षा दिन गएका विद्यार्थीहरुमाथि जसरी दमन गरियो अनि घटना भयो तर सरकारका मन्त्री झन्डा हल्लाउदै भिडलाई उत्तेजित बनाएको आरोप उनले लगाए ।

सचिव भट्टराईले भने, 'आयोगले बुझाएको प्रतिवेदनमा के छ ? अहिले संसद चलिरहेको संसदमा आउनुपर्यो। यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ।'

उनले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताए।

यस्तै, टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077