Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा सांसद श्रेष्ठको प्रश्न - सत्ता गठबन्धनमा प्वाल परेको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सत्ता गठबन्धनमा प्वाल परेको हो भन्दै प्रश्न गरेका छन् ।

सरकारले ल्याएको विधेयक टेबल गर्न नदिन विपक्षी सांसदहरू संसद्‌ बाहिर गएको भनेर सत्तापक्षका सांसदले आरोप लगाएपछि श्रेष्ठले यस्तो बताएका हुन्।

त्यसअघि कांग्रेसका राजेन्द्र केसीले कोरम पुर्‍याउन नदिन विपक्षी सांसद संसद् बाहिर गएको आरोप लगाएका थिए ।

सांसद श्रेष्ठले भने,‘संसद् चल्ने सत्ता पक्षको बहुमतले हो । संसद् चलाउन नसक्ने गठबन्धनमा प्वाल परेको हो ? संसद् चलेन भनेर हामीलाई आरोप लगाउन पाइन्छ ? सत्तापक्षले क्षमा माग्नु पर्छ।’

सांसद श्रेष्ठले कुनै पार्टीको महासमिति बैठक चलाउने नाममा संसद्‌को क्यालेण्डर प्रभावित गरेको आरोप लगाए ।

संसद्‌मा सत्ता पक्षका सांसदहरूले आरोप प्रत्यारोप गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077