Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन मिश्रित कपडासहित विमानस्थलबाट एक भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतीय नागरिक पक्राउ परेका छन्।

विशेष सुराकीको आधारमा प्रहरीले इण्डिगो ​एयरलाइन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाडौं आएका ३५ वर्षीय मोहमद जीशनलाई पक्राउ गरेको हो ।

जीशन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट पक्राउ परेका हुन् ।

चेकजाँच गर्दा उनले लगाएर आएको नीलो रंगको जिन्स पाइन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री वस्त्रमा सुन जस्तो देखिने पहेंलो रंगको लेपनर पेष्‍ट गरिएको भेटिएको थियो ।

यस्तै, उक्त कपडाहरूको तौल गर्दा अन्दाजी २ हजार २१० ग्राम भएकोले आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077