Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नाबालिका बलात्कारको आरोपमा दलबहादुर समातिए

    नाबालिका बलात्कारको आरोपमा दलबहादुर समातिए

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 792
    SHARES

    गोरखा । गोरखामा सात बर्षीया नाबालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा रहेका छन् ।



    गत फागुन ९ गते बिहान ११ बजेको समयमा नाबालिकालाई ललाई फकाई गरी सलाङगिरिको झलौटे धारा बनमा लगी करणी गरेको उनीमाथि आरोप छ ।



    नाबालिकाको आमा मार्फत जाहेरी दरखास्तको आधारमा करणी आरोपी सिताराम भनिने दल बहादुर विश्वकर्मालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार