Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जीतको खुसीयाली मनाउने क्रममा हृदयाघात, क्रिकेटरको निधन

    जीतको खुसीयाली मनाउने क्रममा हृदयाघात, क्रिकेटरको निधन

    अनलाइन नेपाल
  • शनिबार, १२ फाल्गुन २०८०
  • 867
    SHARES

    एजेन्सी । बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा हृदयाघातका कारण कर्नाटकका पूर्व क्रिकेटर के होयसालाको ३४ वर्षको उमेरमा निधन भएको छ ।

    यो घटना बिहीबारको हो । एजिस साउथ जोन प्रतियोगिताअन्तर्गत बिहीबार बैंग्लुरुको आरएसआई ग्राउन्डमा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो।



    यो खेलमा कर्नाटकको टोली विजयी भएको थियो । त्यसलगत्तै कर्नाटकका खेलाडीहरूले मैदानमा विजयको उत्सव मनाइरहेका बेला अचानक छाती दुखेपछि होयसाला मैदानमै बेहोस भए ।



    तत्काल आकस्मिक उपचार गर्न डाक्टरहरू पुगेका थिए तर उनको शरीरले प्रतिक्रिया गर्न छोडेको थियो। त्यसपछि उनलाई थप उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो ।

    जहाँ चिकित्सकले होयसालालाई मृत घोषणा गरेका थिए । मृत्युको कारण हृदयाघात भएको चिकित्सकहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार