Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेकोकार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यममात्रै बन्न गएको सभामुख घिमिरेको भनाइ छ।

सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने दाबी गरे ।

सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल र जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले बीमा कार्यक्रमले नागरिकलाई राहत दिने उद्देश्य भएपनि त्यसको दुरुपयोग गर्ने र अनियमितता गर्ने कामहरु पनि भइरहेकोप्रति सरकारी संयन्त्र सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077