Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एम्बुलेन्स र बस ठोक्किँदा बिरामीसहित चार जना

नवलपरासी । गैंडाकोटमा एम्बुलेन्स र बस ठोक्किँदा अस्पताल लैजाँदै गरेका बिरामीसहित ४ जना घाइते भएका छन् ।

महेन्द्रराजमार्गको भृकुटी बर्दिया जादै गरेको बस र एउटा एम्बुलेन्स ठोक्किएको हो ।

दुर्घटनामा एम्बुलेन्समा डाइलाइसिसका लागि भरतपुर जाँदै गरेका मध्यविन्दु नगरपालिकाका ७५ वर्षीय मानबहादुर कुमालको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी एम्बुलेन्समा सवार भोटबहादुर कुमाल र सोमबहादुर कुमाल तथा स्कुटर चालक किशोर गौतम घाइते भएका छन् ।

प्रहरीका अनुसार सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077