Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाका थापा, श्रेष्ठ र देउजाले लगाए उपरथीको फुली, को-कहाँ भए पदस्थापन ?

काठमाडौँ । नेपाली सेनाका तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई प्रधानसेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।

बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् । ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077