Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुबईबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएपछि...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा भारतीय महिला पक्राउ परेकी छिन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमाडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रा पक्राउ परेकी हुन् ।

सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो ।

उनले चार वटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेकी थिइन् । सो बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको प्रहरीले जनाएको छ ।

कुल ७०० ग्राम सुन र ७४० ग्रामको कफी पनि बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077