Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने माधव नेपालको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले जनतालाई गरिबीबाट मुक्त बनाउनु पर्नेमा जोड दिए ।

उनले भने, “जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ ।”

अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077