Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि–बजेट छलफलका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस हुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आउँदो आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि प्रस्ताव पेस हुने भएको छ ।

प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार आज प्रि–बजेट प्रस्ताव पेस हुन लागेको हो ।

आज प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि आउँदो २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गतेको समय निर्धारण गरिएको छ । ।

नयाँ व्यवस्थाअनुसार बजेटको सिद्धान्त तथा प्राथमिकता सरकारले फागुनभित्रै संसद्मा पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077