Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका-६ सानोगाउँमा बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको हो ।

मृतक राई स्कुटर चालक रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो।

उनलाई साढे सात बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक राई महालक्ष्मी नगरपालिका, शंखादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077