Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - अख्तियारले डामेका मन्त्रीहरुको झण्डा छोपेर घर पठाऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादमा आएका मन्त्रीहरुलाई झण्डा छोपेर घर पठाउनु पर्ने बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले कसैको नाम नलिई विवादमा आएका मन्त्रीलाई घर पठाउनु पर्ने बताए ।

महामन्त्री थापाले भने, ‘संसद्‌मा उता बसेकोले यताकोलाई दागी देखाउने, यताकोले उताकोलाई दागी देखाउने गर्दा संसद् नचल्ने भयो । नजिकको होस् कि टाँढाको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका मन्त्रीको झण्डा छोपेर घर पठाऔं । निर्दोष भए फेरि फूलमालाले स्वागत गरौंला, दोषी भए कारबाही व्यहोर्नु होला ।’

बालकुमारी घटनामा आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, टेरामक्समा अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्रामको पुरातात्त्विक जमिन निजी कम्पनीलाई भाडामा दिने निर्णय गराएका संस्कृति मन्त्री सुदन किराँतीको राजीनामा प्रतिपक्षी दल नेकपा एमालेले माग गरिरहेको छ ।

कांग्रेस महामन्त्री थापाले विवादमा तानिएका पार्टीका मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077