Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काम नसकिएको भन्दै सुन जाँचबुझ आयोगले माग्यो थप १५ दिन समय

काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम नसकिएको भन्दै थप १५ दिन समय मागेको छ ।

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन अझै समय लाग्ने भन्दै १५ दिन म्याद थप गर्न सिफारिस गरेका हुन् ।

सरकारले गत असोज १५ गते आचार्यको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रारम्भमा ३ महिनाको कार्यावधि प्राप्त गरेकोमा २ महिना अवधि थप भइसकेको छ।

आयोगका अध्यक्ष आचार्यले १५ फागुनसम्म प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग हुने बताएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउनमा ६० किलो भन्दा बढी सुन तस्करी भएको पाइएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै लगातार संसद अवरोध गरेको थियो ।

त्यसपछि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमति अनुसार सरकारले १५ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।

अबको अवधिमा आयोग प्राप्त प्रमाणहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रूपमा बुझ्नुपर्ने आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077