Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ

    तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 777
    SHARES

    रौतहट । रौतहटको एक निजी अस्पतालबाट तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

    जिल्लाको यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेका छन् ।



    निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगायतका अपरेसन हुँदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ ।

    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार