Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठूला काण्डको छानबिनलाई तीव्रता दिँदै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला भ्रष्टाचार काण्डको अनुसन्धान टुंग्याएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारीलाई तीव्रता दिएको छ।

सार्वजनिक जग्गा हडप्ने समूहविरुद्ध कठोर बन्दै आइरहेको अख्तियारले अन्य ठूलाठूला भ्रष्टाचार मुद्दामा पनि छानबिनलाई तीव्रता दिएको हो ।

अख्तियारले हाल टेरामक्स प्रकरण, ७० करोडको टेप प्रकरण, एमडीएमएस, वाइडवडीलगायतका विषयमा विस्तृत छानबिन र अनुसन्धान गर्दै आइरहेको छ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले ठूलाठूला भ्रष्टाचार प्रकरणका छानबिनलाई तीव्रता दिइरहेको बताए ।

उनले टेरामक्स खरिद प्रकियामा भएको अनियमिततासम्बन्धी छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘टेरामक्स छानबिन अन्तिम चरणमा पुगिसकेको छ, सबै बयान सकिसकेका छौं, अब छिट्टै रिजल्ट आउनेछ’ –प्रमुख आयुक्त राईले बैठकमा भने ।

अख्तियारले टेरामक्स प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीसमेत रहेका हालका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तथा अर्का तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग समेत बयान लिइसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077