Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी छ।

आज बिहान साढे आठ बजेबाट बैठक सुरू भएको हो । आजको बैठकले कार्यविभाजनबारे टुंगो लगाउने छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद र राष्ट्रिय सभा अध्यक्षको विषय पनि निरूपण गरेको छ।

मंगलबार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने मत राखेका थिए।

त्यस्तै कांग्रेससँगको सहकार्य–गठबन्धनबारे पनि समीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने भएको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077