Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोखरामा पर्यटक र यात्रुलाई हैरान बनाएको आरोपमा ९ जना पक्राउ

    पोखरामा पर्यटक र यात्रुलाई हैरान बनाएको आरोपमा ९ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 747
    SHARES

    कास्की । पोखरामा पर्यटकलाई हैरान बनाउने ९ जना पक्राउ परेका छन् । मंगलबार पोखराको पृथ्वीचोक, मुस्ताङ चोकमा यात्रु र पर्यटकलाई दुख दिनेलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने ४० वर्षीय रुपेन्द्र श्रेष्ठ, ३२ वर्षीय मोहन आचार्य, नागढुंगा बस्ने ४० वर्षीय नारायण अधिकारी, ४४ वर्षीय श्यामप्रसाद शर्मा छन् ।



    बसपार्क बस्ने २५ वर्षीय विकास कुँवर, पृथ्वीचोकका २१ वर्षीय विमल ठकुरी, विकास श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।



    पोखरा–१३ पाटनबेसी बस्ने २८ वर्षीय रञ्जन खड्का र पोखरा–१७ ड्यामसाइड बस्ने १९ वर्षीय सविन नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    उनीहरुमाथि पर्यटकलाई सवारीबाट जबरजस्ती ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनेर झोला तान्दै पैसाको बार्गेनिङ गरेको आरोप छ । जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार