Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुन मिश्रित धातुको पत्थरसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धातुको पत्थर जडित सुनका गरगहनासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठ छन्।

श्रेष्ठ नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।

करिब ४६ ग्राम २० मिलिग्राम तौलको औँठी दुईथान र ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री एकथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाइन्टको गोजीमा लुकाइछिपाइ भन्सार छली लैजान लागेको उक्त धातुसहित विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077