Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

एमाले सांसद् पन्तको प्रश्न - निजी क्षेत्रले भ्रष्टाचार गर्दा हुन्छ भन्न खोजिएको हो ?

काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले ठुला उद्योगपतिकै संलग्नतामा भ्रष्टाचार घटना घटेको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै सांसद् पन्तले यस्तो बताएका हुन् ।

सांसद् पन्तले व्यवसायीकै संलग्नतामा भ्रष्टाचार घटना घटेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

उनले निजी क्षेत्रलाई भ्रष्टाचारको मुद्दामा जुनसुकै देश कारबाही गर्ने गरिएको दृष्टान्त सुनाए ।

सांसद् पन्तले भने,'निजी क्षेत्रले भ्रष्टाचार गरे पनि हुन्छ भन्न खोजिएको हो ? लोभ्याउने, भ्रष्टाचारमा प्रेरित गर्ने काम निजी क्षेत्रबाट पनि हुन सक्छ। उनीहरूलाई कारबाही गर्नुहुँदैन भन्ने कुरा न्यायसङ्गत हुन्छ र ?'

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अख्तियारको दायराभित्र निजी क्षेत्रलाई पार्न नहुने भनेपछि सांसद् पन्त यस्तो प्रशन गरेका हुन् ।  वर्षौंदेखि सरकारी जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिएको छ ।

ठुला उद्योगपति तथा पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य नहुने उनले बताए ।

यसमा व्यवसायीहरूले आफ्नो स्वार्थ मात्र हेर्न नहुने पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077