Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

व्यवसायी कुटपिटबारे राजु पाण्डेको स्पष्टीकरण - पछाडिबाट ढुंगा हान्न थालेपछि त्यो अवस्था सिर्जना भयो

काठमाडौं । सुन्धारा क्षेत्रमा बुधबार साँझ फुटपाथ व्यवसायीमाथि भएको कुटपिट प्रकरणमा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले स्पष्टीकरण दिएका छन्।

महिलामाथि निर्मम तरिकाले लाठी हानेको भिडियो सार्वजनिक भएपछि नगर प्रहरी प्रमुख पाण्डेले स्पष्टिकरण दिएका हुन्।

फुटपाथमा निस्किएका व्यवसायीलाई नगर प्रहरीले निर्मम तरिकाले लाठी हानेको भिडियो सार्वजनिक भएको थियो। प्रहरी बलसँगको झडपमा परेर कैयौं व्यवसायी घाइते भएका थिए।

लामो समयदेखि सुन्धारास्थित नेपाल टेलिकमको भवनको अगाडिपट्टिको फुटपाथमा विभिन्न सामान राखेर व्यवसाय गर्दै आएकाहरुलाई महानगर प्रहरी बलको टोलीले हटाउने प्रयास गरेपछि झडप भएको थियो ।

झडपमा परेर १० जना महानगर प्रहरीसमेत घाइते भएका छन् । नगर प्रहरी प्रमुख पाण्डेले नगर प्रहरीको टोलीले बुधारबार साँझ साढे सात बजे टेलिकम अगाडिको फुटपाथमा पसल नराख्न भन्दै माइकिङ गरिरहेका बेला व्यवसायीले एकएका प्रतिकार गरेपछि झडप भएको बताए ।

पाण्डेले व्यवसायीको सामान नियन्त्रण नलिएको बताए । तर, व्यवसायीहरुले महिलाहरुलाई अगाडि सारेर पछाडिबाट ढुंगा र इँटा हान्न थालेपछि त्यो अवस्था सिर्जना भएको पाण्डले थप बताए ।

नगर प्रहरीको टोलीले त्यो क्षेत्रमा राति फुटपाथ पसल नराख्नू भनेर महिनौंदेखि माइकिङ गर्दा समेत उनीहरुले अटेर गर्दै आाएको नगर प्रहरी प्रमुख पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077