Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशको एक रेस्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको एक भवनमा भिषण आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ।

राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी भएको हो। बहुतले भवनमा लागेको आगो चाँडै फैलिएको थियो र दर्जनौं मानिस आगलागीमा फसेका थिए।

ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् । रेस्टुरेन्ट रहेको भवन सात तलाको छ। यसमा धेरै रेस्टुरेन्ट, कपडा पसल र फोन पसलहरू छन्।

आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको छ ।

आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077