Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू-१६ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी छन् । नेपाल प्रतियोगिताको साविक विजेता हो ।

सन् २०२२ मा बङ्गलादेशमा भएको प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

सिङ्गल राउन्डमा हुने प्रतियोगितामा सहभागी हरेक टोलीले एक–आपसमा खेल्नेछन् । लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077