Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा आज चार घण्टा जानेछ बत्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज चार घन्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको हेपाली फिडर र गणेशथान फिडर तथा जोरपाटी वितरणक केन्द्रको साँखु र डाँछी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा आज बत्ती जान लागेको हो ।

जुलीको भूमिगत प्रसारण लाइनको काम गर्न, पोल सिफ्टिङ लगायतका कामका लागि ती क्षेत्रहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

महाराजगन्ज वितरण केन्द्रे अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता , कुवर कोलनी , कृष्ण मन्दिर हुदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल, भंगाल, हात्तीगौडा, धापासी हाइट, मनकामना टोल क्षेत्रमा बिजुली काटिने छ।

त्यस्तै जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने नयापाटी, ब्रम्हखेल, इन्द्रायेनी, ब्रम्हखेल,साौखु जर्शिंग पौवा, नांगलेभरे गागलफेदी आलापोट, मुलपानी, बाबाचोक, तिवारी टोल, दक्षिणणढोका लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077