Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएका छन्।

कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो।

कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा बसले ड्युटीमा रहेका ट्राफिक प्रहरी खत्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट सई खत्री घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077