Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीलाई डीआईजी केसीको निर्देशन - नीति विपरीत सामाजिक सञ्जालको प्रयोग नगर्नू

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले नेपाल प्रहरीको मिडिया नीति विपरीत सामाजिक सञ्जालको प्रयोग नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

आइतबार उनले प्रदेश प्रहरी गण धनगढीको निरीक्षण भ्रमण गर्दै यस्तो निर्देशन दिएका हुन् । सो क्रममा उनले गैरव्यवसायिक आर्थिक लाभ नलिन र प्रहरी आचरण विपरीतका कुनै गतिविधिमा संलग्न नहुन समेत सचेत गराए ।

यस्तै उनले देश तथा नागरिकलाई शिरमा राखी असल आचरण, आपसी भाइचारा तथा सामूहिक भावना साथ उच्च व्यवसायिक निष्ठा पूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

साथै सकारात्मक सोच, उच्च अनुशासन र मनोबलका साथ कार्यसम्पादन गर्न पनि डीआईजी केसीले आग्रह गरे । उनले गणको कार्यालय भवन, विभिन्न शाखाहरू, ब्यारेक, मेस समेतको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077