Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयका १८ उपसचिवको सरुवा, केन्द्रीय कारागार र नख्खुका जेलर फेरिए

काठमाडौं । गृह मन्त्रालयले आइतबार १८ जना उपसचिवको सरुवा गरेको छ । सरुवामा केन्द्रीय कारागार र नख्खु कारागारका जेलर फेरिएका छन् ।

केन्द्रीय कारागारमा अध्यागमन विभागका निर्देशक कृष्ण बहादुर कटवाललाई जेलर बनाइएको छ । त्यहाँ कार्यरत ललित कुमार बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ ।

नख्खु कारागारको जेलरमा अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत मित्रलाल शर्मालाई पठाइएको छ ।

नख्खुकी जेलर कल्पना घिमिरे नेपालको जिल्ला प्रशासन कार्यालय, ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएको छ ।

विभिन्न जिल्लाका सहायक सिडिओ पनि फेरिएका छन् । गृहले ठुलो संख्यामा सिडिओको पनि सरुवाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077