Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हुण्डीको २१ लाखसहित कारोबारमा संलग्न पाँच जना पक्राउ

बारा । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारतको बिहारका २९ वर्षीय रंजित सरार्फ, बिहारकै रवि शंकर सिंह, कृष्णलाल प्रसाद, बाराको कलैयाका ३१ वर्षीय कलामुसदन अन्सारी, बाराकै ३९ वर्षीय मेराजेल हक अन्सारी छन्।

उनीहरुलाई कलैयास्थित अस्पताल रोडबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट २१ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077