Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका डीएसपी कार्यालयभित्रै झुन्डिएको अवस्थामा मृत फेला

मोरङ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

मोरङको धनपालथान गाउँपालिका ३ स्थित बोर्डर आउट पोस्ट सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् ।

कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ।

सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077