काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन सम्वाद भएको छ ।
अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै टेलिफोन सम्वाद गरेका हुन् ।
फोनमा ओलीले नेपालको स्वास्थ्य लाभको कामना गरे । नयाँ गठबन्धनअनुसार बनेको सरकारमा सामेल हुन पनि ओलीले आग्रह गरे ।
उनले नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए ।
नेपालले भने प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा आउन आग्रह गरेको स्मरण गर्दै पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएको उनले बताए ।