Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका डीएसपी बस्यालको यस्तो छ 'सुसाइड नोट'

मोरङ । मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको सुसाइड नोट भेटिएको छ ।

उनी सोमबार मोरङको प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ धनपालथान गाउँपालिका–३ सोराभागस्थित गुल्मभित्रकै भान्साकोठामा मृत फेला परेका थिए ।

झुन्डिएको अवस्थामा फेला परेका डीएसपीको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो । सोही क्रममा डीएसपी बस्यालले लेखेको सुसाइड नोट फेला परेको हो । उनले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको लेखेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार उनले ‘कसैलाई दुख नदिन र आफ्नो खुसीले निर्णय लिएको भनेका छन् ।’ उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको प्रजिअ भट्टराईले बताए ।

उनी धनपालथान गाउँपालिका ३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए । पाल्पास्थायी घर भएका बस्याल २०६२ सालदेखि सशस्त्र प्रहरी बलको निरीक्षकबाट सेवा सुरु गरेका अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077