Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी छ । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077