Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिशुलीमा बस दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्ड दुःखी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले धादिङको गजुरी नजिकै त्रिशुली नदीमा बस खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे‍का छन्।

बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री प्रचण्डले ६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाबाट आफू दुःखी भएको बताएका हुन् ।

‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुस्खी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले लेखेका छन्।

उद्धार तथा घाइतेको उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रधानमन्त्री प्रचण्डले प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बिहान ५ बजे गति अनियन्त्रित भई त्रिशूली नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077