Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालसँगको छलफल सकारात्मक भयो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा एकीकृत समाजवादीसँगको छलफल सकारात्मक भएको बताएका छन् ।

बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्लो विकसित राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो।

छलफल सकारात्मक रहेको सचेतक लेखकले बताए । उनले सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने बताए ।

सचेतक लेखकले भने,‘अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक भएको छ । छलफललाई निरन्तरता दिन्छौँ । हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौँ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ।’

प्रमुख सचेतक लेखकले अहिले सबै राजनीतिक दलसँग छलफल भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077