Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन भन्छन् - गृहको बार्गेनिङ बढाउन रविले अफवाह फैलाए, प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् ।

बुधवार सामाजिक सञ्जालमा भिडियो सन्देश छोड्दै महामन्त्री थापाले सो आरोप लगाएका हुन् । उनले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन सभापति रविले अफवाह फैलाएको आरोप लगाए ।

नयाँ गठबन्धनसँग गृहमन्त्रीको बार्गेनिङका लागि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको अफवाह फैलाएको उनको आरोप छ ।

‘नयाँ पार्टीका कुरा हामीले कुरा सुन्यौँ । गठबन्धनभित्र बार्गेनिङ गर्नका लागि अफवाह फैलाउने काम भएको छ, कांग्रेसले प्रधानमन्त्री अफर गर्यो भनेर,’ उनले भने ।

यस्तै आफूहरू सम्झौतामा इमान्दार हुँदाहुँदै राजनीतिक बेइमानी गरेर माओवादीले नै गठबन्धन छोडेर गएको महामन्त्री थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077