Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धर्मका नाममा द्वन्द्व मच्याउनेहरु सक्रिय हुँदैछन्, सचेत हुनुपर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति र धर्मका नाउमा द्वन्द्व निम्त्याउने कोसिस भइरहेको बताएका छन् ।

बागलुङको पञ्चकोटमा ब्रमण्डीय महायज्ञको समापन समारोहलाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भए पनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरू सक्रिय हुन थालेको बताए ।

उनले भने,‘जाति र धर्मका नाउमा द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ, यो नेपाल र नेपालीको लागि दुःखद कुरा हो। हामी सचेत हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077