Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलक्षित कांग्रेस सभापति देउवाको टिप्पणी - धोकेबाजको औषधि छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई धोकेबाजको संज्ञा दिएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बिहीवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले प्रचण्डले नै गठबन्धनका साझेदार दललाई धोका दिएको आरोप लगाए । सभापति देउवाले भने, ‘प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन।’

पाँच वर्ष नै गठबन्धन चलाउने आफ्न प्रतिबद्धतामा प्रचण्ड अडिन नसकेको देउवाले आरोप लगाए ।

सभापति देउवाले प्रचण्डले दिएको धोकाबारे आफूसँग भन्ने शब्द नै नरहेको बताए।

कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077