Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले कांग्रेसमाथि विश्वासघात र जनमतको अपमान गरे : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनमतको अपमान गरेको लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि पनि कुठाराघात गरेको बताएका हुन्।

प्रमुख सचेतक लेखकले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो । जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’

उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको टिप्पणी गरे । व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।

कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको नेता लेखकले बताए ।

आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077