Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इलाम-२ को उपनिर्वाचनमा सहकार्य नगरौं : सन्तोष परियार

    इलाम-२ को उपनिर्वाचनमा सहकार्य नगरौं : सन्तोष परियार

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 663
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले इलाम २ को उपनिर्वाचनमा राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएका छन्।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।



    प्रमुख सचेतक परियारले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ– इलामको उपनिर्वाचनमा हामी ‘राजनीतिक दलहरु’प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं।’



    एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

    रास्वपाले उक्त उपनिर्वाचनमा एक्लै चुनाव लड्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार