Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभ्रोभबीच फोन वार्ता, के भयो कुराकानी ?

    परराष्ट्रमन्त्री श्रेष्ठ र रुसी विदेशमन्त्री लाभ्रोभबीच फोन वार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसका विदेशमन्त्री सर्जेई लाभ्रोभबीच टेलिफोन संवाद भएको छ । रुसी सेनामा गैरकानूनी रुपमा नेपालीहरुलाई भर्ती गरेको सम्बन्धमा बिहीबार उनीहरुबीच बिहीबार अपराह्न टेलिफोन वार्ता भएको हो ।

    नेपाल सरकार र रुस सरकारबीच दोस्रो पटक उच्च तहमा संवाद भएको छ । टेलिफोन संवादमा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरूलाई स्वदेश फर्काउन सहजीकरणका लागि रुसी विदेशमन्त्री सेरगेई लाभरोभसँग अनुरोध गरे ।



    साथै उनले मृतकको शव स्वदेश ल्याउन र उनीहरूको परिवारलाई तत्कालै क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।



    ‘उपप्रधानमन्त्री श्रेष्ठले शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गर्नुभएको छ । उपप्रधानमन्त्रीले क्षतिपूर्तिको प्रक्रिया सुरु गरेकोमा रुसी मन्त्रीलाई धन्यवाद दिँदै यसलाई छिटोभन्दा छिटो टुंग्याउन आग्रह गर्नुभएको छ,’ टेलिफोन वार्तापछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    परराष्ट्रमन्त्री लाभरोभले नेपाली पक्षको चासोलाई सम्बोधन गर्न सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    रुसी सेनामा भर्ती भएर युक्रेनसँग लड्दा हालसम्म कम्तिमा १२ नेपालीको मृत्यु भइसकेको छ भने ५ जना युक्रेनी सेनाको कब्जामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार