Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रीतिलाई भेट्न अस्पताल पुगे युवा तथा खेलकुदमन्त्री विराजभक्त

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रीति राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बुधबार पद तथा गोपनीयताको शपथ लिएका मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीतिलाई बिहीबार बीएन्डबी अस्पतालमै पुगेर भेटेका हुन् ।

प्रीतिले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन् । उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो ।

सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सफल शल्यक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077