Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय महिला दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अन्तर्राष्ट्रिय महिला दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 444
    SHARES

    काठमाडौं । आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

    नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।



    यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ रहेको छ । पछिल्लो समय सामाजिक न्याय र लैङ्गिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल धेरै सकारात्मक उपलब्धि हासिल गर्दै दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ ।



    सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन्। पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार