Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पदाधिकारी बैठक बोलाएको छ।

केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न लोसपाले फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने गरी पदाधिकारी बैठक बोलाएको हो ।

बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेजलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो ।

ती कार्यदलले आ–आफ्नो प्रतिवेदन तयारी गरिसकेका छन् । पदाधिकारी बैठकमा ती प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077