Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शक्ति केन्द्रहरु सक्रिय छन्, तर नयाँ गठबन्धन चार वर्ष जान्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समीकरण चारै वर्ष टिकाउनुपर्ने बताएका छन्।

केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भने,‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो । हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्।’

बैठकमा ओलीले नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको बताएका थिए।

नेकपा माओवादी केन्द्रलाई कांग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो ।

तर ती शक्ति केन्द्रहरु आफै परास्त गर्नेगरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077