Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन्।

उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ ।

शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।

महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077