Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैरहवाबाट भन्सार छलेर भित्र्याइएका जुत्ताचप्पल बरामद

भैरहवा । सशस्त्र प्रहरीले भन्सार छलेर भित्र्याइएका करिब चार लाख रुपैयाँ मूल्यका जुत्ताचप्पल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल २७ नम्बर गणबाट खटिएको मोवाइल गस्ती टोलीले बुटवल–१३, बाट जुत्ताचप्पल बरामद गरेको हो ।

सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा लु १ च ५७९१ नम्बरको बोलेरो गाडीमा भारतबाट ल्याइएका ३ सय ६० थान जुत्ता र ३ सय ५७ जोर बच्चाको चप्पल बरामद गरिएको उल्लेख छ ।

बरामद जुत्ता चप्पलको बजार मूल्य ३ लाख ९९ हवार ३ सय ३० रहेको छ । त्यस्तै, बरामद गाडीको मूल्य ९ लाख बराबर रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा गाडी चालक रुपन्देहीको सम्मरीमाई–७, बेतकुँइयाका २४ वर्षीय रविन्द्र यादवलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077