Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार सपथ लिने

काठमाडौं । जनता समाजवादी पार्टीको भागमा परेको दुई मन्त्रीको सपथ आइतबार हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सो कुरा जानकारी दिएका हुन् ।

जसपाको भागमा स्वास्थ्य र खानेपानी मन्त्रालय परेको छ । स्वास्थ्यमा जसपाका अध्यक्ष उपेन्द्र यादव आफै जाने तयारी गरेका छन् । यस्तै जसपाले मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ ।

अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्रीले भोलीको सपथ पछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले यसअघि मा‌ओबादी ,एमाले र रास्वपालाई समेटेर मन्त्री परिषद विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077