Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

विमल पोद्दारसँग सुन तस्करीमा जोडिएका ८ जना भारतीय पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका ८ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

३३ किलो सुन प्रकरण र दुबईबाट ल्याइएको १४ किलो सुन तस्करीको मुद्दा खेपिरहेका विमल पोद्दारसँग जोडिएका ८ जनालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

स्रोतका अनुसार विभागले तस्करी भई आएको सुन भारतसम्म पुर्‍याउने गिरोहमध्येका ८ जनालाई गत १८ फागुनमै पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

शंकास्पद गतिविधि गरिरहेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको स्रोतले बतायो । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने अमिरूदिनले भाडामा लिएको र सो घरमा बसेका उनीहरुलाई विभागको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू दिल्ली पश्चिम बिहार घर भएका धुब्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका दिपान्सु शर्मा लगायतका रहेका छन्।

विभागले उनीहरूको मोबाइल लगायतका सामाग्रीहरू परीक्षणका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077